मान्छे मारेर भागेका झापाली युवा १४ वर्षपछि समातिए

मान्छे मारेर भागेका झापाली युवा १४ वर्षपछि समातिए

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि समातिएका छन् । झापाको सिवसताक्षी नगरपालिका–८ का ३७ वर्षीय दिप्सन लावतीलाई कर्तव्य ज्यानको कसुरमा हिजो प्रहरीले समातेको हो ।

जिल्ला प्रहरी कार्यलय, झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार २०६३ असोज ३ गते जिल्ला अदालतले लावतीलाई जन्मकैदको सजाय सुनाएको थियो । पुनरावेदन र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा जिल्लाको फैसला सदर भएको थियो ।

प्रतिवादी लावतीले उक्त मुद्दामा एक वर्ष सात महिना २४ दिन कैद भुक्तान गरिसकेका थिए भने १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी छँदै फरार भएका थिए । प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, झापाबाट खटिएको संयुक्त टोलीले उनलाई हिजो पक्राउ गरेको हो ।

लावतीलाई नियन्त्रणमा लिएर कैद भुक्तानको निम्ति कारागार कार्यालय चन्द्रगढी झापामा पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू