पाँच लाख नगद किन बोकेको भन्दै प्रहरीले धनगढी विमानस्थलमै यात्रु कुट्यो

पाँच लाख नगद किन बोकेको भन्दै प्रहरीले धनगढी विमानस्थलमै यात्रु कुट्यो

रेमिट्यान्सले चलेको देशमा बैदेशिक रोजगारीमा जान लागेका एक युवक धनगढी विमानस्थलमा कुटिएका छन् ।
पाँच लाख नगद किन बोकेर धनगढीबाट काठमाडौ जान थालेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडानम्बर ३ घर भएका नरेश गिरीलाई प्रहरी टोलीले शनिबार दिउँसो कुटपीट गरेको हो । उनको आँखामा चोट लागेको छ ।

उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । प्रहरीले पैसा लिन नदिएपछि उनको जहाज पनि छुटेको छ ।
पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउदाबोलाउदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपीट गरेको थियो ।
गिरीका अनुसार शुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले कुटपीट गरेको हो । त्यसपछि अरु प्रहरीले पनि कुटपीठ गरे । मलाई श्री एअरलाइन्सको काउन्टरबाट कुटपीट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो । कुटेको कुरा बाहिर भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।
मलाई प्रहरीलाई गाली गरेको भनेर कुटे, मैले गाली गरेको छैन , सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ ।
गिरी बैदेशिक रोजगारीका लागि काठमाडौ जादै थिए ।

कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई कुनै पनि वहानामा कुट्न पाइदैन,,घट्ना बारे जानकारी लिइरहेको छु , गल्ती गर्ने प्रहरीलाई नियमावली अनुसार कार्वाही हुने बताए ।

टिप्पणीहरू