प्रहरीमा आजदेखि दुई एआइजी खाली,कसले मार्ला बाजी ?
नेपाल प्रहरीमा आजदेखि अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) को दुई वटा पद रिक्त हुने भएको छ । महाराजगन्जस्थित प्रहरी एकेडेमी हेर्ने मुकुन्द आचार्य अवकाश भएपछि अर्को एक पद रिक्त हुन लागेको हो ।
आचार्य एआइजी हुनुअघि लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत थिए । आज उनको प्रहरी सेवाको अन्तिम कार्य दिन हो ।
अब रिक्त हुने पदमा वरिष्ठताको नाताले नलप्रसाद उपाध्याय दाबेदार देखिएका छन् । उनी पनि लुम्बिनी प्रदेश कार्यालयमै कार्यरत छन् । दुई नम्बरमा मधेश प्रदेशका मसुद आलम भएको बताइन्छ । तेस्रो नम्बरमा मोहन आचार्य छन् ।
वरिष्ठतामा चार नम्बरदेखि हालै बढुवा भएका डिआइजीसम्मको टोली आउँछ । हालै बढुवा भएका डिआइजीहरुबाटै एआइजी हुने लाइनमा रहेको उच्च स्रोतको दाबी छ । डिआइजीहरु बसन्त कुँवर १ नम्बरमा,२ नम्बरमा टेकप्रसाद राई, ३ नम्बरमा अशोक सिंह र ४ नम्बरमा दिपक थापा छन् । अब त्यही ब्याचबाट चैतपछि आइजी हुने सम्भावना बढ्दै गएको छ ।
यसवीच अन्तर्राष्ट्रिय प्रहरी प्रमुख सम्मेलनमा भाग लिन न्यूयोर्क गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीद्वय धिरजप्रताप सिंह र राजु अर्याल आगामी मङ्गलवार वासिङ्ग्टन डिसीबाट जापानको टोक्यो जाने र त्यहाँ ३ दिन बिताएर शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
टिप्पणीहरू