समिट एअरको जहाज उडेको ७ मीनेटमै आकस्मिक अवतरण
आज बिहान पोखराबाट जोमसोमको लागि उडेको जहाज सात मीनेट नपुग्दै पुनः पोखरामा आकस्मिक अवतरण गरेको छ।
७ बजेर ५९ मीनेटमा उडेको जहाजमा खराबी देखिएपछि पोखरा फर्काइएको विमानस्थलले बताएको छ । इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मीनेटमा पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको हो ।
चालकले जहाजको दाहिने इन्डिकेटरमा खराबीको सङ्केत पाएको पनि बताइएको छ । उक्त जहाजमा १८ जना यात्रु थिए।
टिप्पणीहरू