शेखरका विद्यार्थीहरुको प्रधानमन्त्रीलाई दबाब दिन पार्टी दैलोमा धर्ना
सत्तारुढ नेपाली काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयको मूल गेटमा खबरदारी भेला गरेका छन् ।
संघको वैधानिक पूर्णता र महाधिवेशनको सुनिश्चितताको माग गर्दै पार्टीभित्र प्रतिपक्ष खेमाका नेता शेखर कोइराला पक्षधर विद्यार्थीहरुले सानेपास्थित केन्द्रीय कार्यालय पुगेर सामूहिक खुलापत्र लेखन तथा खबरदारी भेला गरेका हुन् । पार्टी कार्यालयको मूल गेटमा नेविसंघ नेता दिनेश शाहीको नेतृत्वमा करिब तीन दर्जन विद्यार्थी भेलामा सहभागी छन् ।
टिप्पणीहरू