बागमती करिडोर पुगेर रणबहादुरले समाजवादी रोजे

बागमती करिडोर पुगेर रणबहादुरले समाजवादी रोजे

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आज आलोकनगर,बाग्मती करिडोरस्थित समाजवादीको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनीसहितको टोली समाजवादीमा समाहित भएको हो ।

नेता रम्तेलको नेतृत्वमा जसपा परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता समाजवादीमा प्रवेश गरेको बताइएको छ । उनीहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित समाजवादीका शीर्ष नेताहरुले खादा,माला र सिन्दुर घसेर स्वागत गरेका थिए ।

कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला,केन्द्रीय सदस्यहरु गणेश बिक,शेरबहादुर केसीलगायतका नेताहरु सहभागी थिए ।

टिप्पणीहरू