एमाले अध्यक्ष झापा ५ बाट सर्वसम्मत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै गृह जिल्ला झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत हुनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको निम्ति उहाँ सर्वसम्मत सिफारिस हुनुभएको छ ।
पार्टी क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले उहाँको नाम एकल रूपमा सिफारिस गरेको हो । यसअघिका निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई दुई पटकसम्म ओली प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँको रोजाइमा पनि झापा ५ नै पर्ने गरेको एमाले नेताहरु बताउँछन् ।
२०४८ सालदेखि गत निर्वाचनसम्म उहाँ सोही क्षेत्रबाट पाँच पटक निर्वाचित भई सक्नुभएको छ । तर, आसन्न निर्वाचनमा भने सत्ता घटक दल नेकपा माओवादी केन्द्रका नेता रञ्जित तामाङले ओलीसँगै निर्वाचन लड्ने प्रतिक्रिया दिँदै आएका छन् ।
तामाङको नाम उनको पार्टीबाट सिफारिस हुन बाँकी छन् ।
टिप्पणीहरू