सीट यसरी भाग लाग्छ, संसदको आयु कुनै हालतमा लम्बिँदैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको आयु कुनै पनि हालतमा नलम्बिने बताउनु भएको छ। धनगढी पुग्नु भएका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै संसदको आयु नलम्बिने दाबी गर्नु भएको हो ।
प्रचण्डले,‘संसदको आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन,मङ्सिर ४ गते चुनाव हुन्छ । मङ्सिर ४ पछि संसद् रहँदैन,यसमा कुनै द्विविधा छैन।’ भन्नु भयो । आगामी निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद नरहने उहाँको भनाइ छ।
सीट सङ्ख्यामा आ-आफ्नै दावी रहने भन्दै प्रचण्डले काँग्रेसले शुरुमा सय सीट भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको र माओवादी केन्द्रले ६० मा दाबी गरे पनि ५० सिट वरिपरिको सङ्ख्या हुनसक्ने बताउनुभयो। त्यस्तै नेकपा एकीकृत समाजवादी र बाबुराम भट्टराईको नेसपालाई पनि २५ सीटको वरिपरिमा नै सहमति खोजिने जानकारी दिनुभयो ।
प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या,क्षेत्र र प्रदेश एकै चोटि टुङ्ग्याउने तयारी भएको समेत जानकारी दिनु भयो । उहाँले, ‘कार्यदलमा रहेका सदस्यहरूले आज टुङ्ग्याउने भनेर काम गरिरहेको जनाउँदै भोलि शीर्ष नेतृत्व बसेर त्यसलाई अन्तिम रूप दिने बताउनुभएको हो ।
टिप्पणीहरू