मन्त्रालयले भन्यो ‘एक गाविस एक कृषि तथा पशुसेवा प्राविधिक कार्यक्रम रोकिएको छैन’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गाविस एक कृषि तथा पशुसेवा प्राविधिक’ सेवा कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ । आर्थिक वर्ष २०७९–८० शुरु भएपछि केही स्थानीय तहले प्राविधिकहरुको करार अवधिको म्याद थप नगरिदिएको लिखित तथा मौखिक गुनासोपछि मन्त्रालयले सेवा कार्यक्रम निरन्तर रहेको जनाएको हो ।
२०७३ सालदेखि सञ्चालित कार्यक्रममा दुई हजार पाँच सय ५० प्राविधिक कार्यरत छन् । चालु आवको बजेटले प्राविधिकका लागि छ महिनाको तलब र चाडपर्व खर्चको बजेटसमेत स्थानीय तहमा पठाइसकेको कृषिप्रसार अधिकृत सन्तोष भण्डारीले बताए ।
प्राविधिकलाई कार्य सम्पादनको आधारमा निरन्तरता दिन सबै स्थानीय तहलाई निर्देशन दिइएको उनको भनाइ छ । ‘एक गाउँ एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ अनुसार राजपत्रअनङ्कित द्धितिय श्रेणीका प्राविधिक सहायक पदमा करारमा नियुक्ति भई काम गरिरहेका छन् ।
टिप्पणीहरू