मानसिक अवस्था कसको जाँच्ने ? प्रधानन्यायाधीशको कि माननीयको ?

मानसिक अवस्था कसको जाँच्ने ? प्रधानन्यायाधीशको कि माननीयको ?

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको मानसिक स्वास्थ्य अवस्था जाँचको माग गर्नुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले महाभियोग सिफारिस समितिमा गलत बयान दिएको भन्दै राणाको मानसिक स्वास्थ्य जाँच गर्न माग गर्नुभएको छ ।

उहाँले पूर्वाग्रही बयान दिएको र कसैको जय जयकार गरेको समेत आरोप लगाउनुभएको छ । बयानका क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएको महतको भनाइ छ।

‘न्यायालयको बोझ साबित भइसकेका चोलेन्द्रले पूर्वाग्रही, आवेगमा आएर, स्मरणशक्ति गुमाएर, चरित्रहत्या गर्ने र कसैको जय जयकार गरेकाले कानुनमा भएको व्यवस्थाअनुसार विशेषज्ञ चिकित्सकबाट उहाँको मानसिक स्वास्थ्य जाँच गर्न समितिको ध्यानाकर्षण गराउँछु,’ उहाँका भनाइ छ ।

तर, निलम्बित प्रधानन्यायाधीश राणा निकटस्थहरुले भने स्वयम् माननीयको मानसिक स्वास्थ्य जाँच गराउनुपर्ने बताएका छन् । मुलुकको संसद बैठकमा अर्कालाई आक्षेप लगाउँदै बोल्ने सांसदको मानसिक स्वास्थ्यबारे सरकार र संसद सचिवालय गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।

टिप्पणीहरू