भुम्लु गाउँपालिकाले बेरोजगार खोज्न थाल्यो

भुम्लु गाउँपालिकाले बेरोजगार खोज्न थाल्यो

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले दक्ष, अर्धदक्ष र अदक्ष श्रमिकको सूची संकलन गर्न थालेको छ । गाउँपालिकाले त्यस्ता श्रमिकको सूची तयार पारी उनीहरुका लागि रोजगारीको निम्ति आवश्यक पहल गर्न लागेको हो ।

यसका लागि पालिकाभित्र बसोबास गर्ने नागरिकहरुसंग आवेदन माग गरिएको छ । गाउँपालिकाले १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका इच्छुक नागरिकहरुलाई आगामी असोज १४ गतेभित्र निवेदन दिन भनेको छ ।

निवेदन दिनका लागि आफूमा भएको विशेष क्षमताका बारेमा जानकारी गराउन भनिएकने छ । त्यसैगरी आफूले काम गर्न चाहेको क्षेत्रबारे स्पष्ट रुपमा खुलाउनुपर्ने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र कुनै तालिम लिएको भए सोको प्रमाणपत्रको प्रतिलिपि पनि सम्बन्धित वडा कार्यालयमा पेश गर्नुपर्नेछ ।

टिप्पणीहरू