प्रचण्डले भन्नुभयो: म प्रधानमन्त्रीको दौडमा छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको खुलाउनु भएको छ । पार्टी कामको सिलसिलामा आज पोखरा पुग्नु भएका उहाँले प्रधानमन्त्रीको को बन्ने भन्नेबारे गठबन्धनमा छलफल नै नभएको उल्लेख गर्नुभएको छ ।
निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने कुरा नै निराधार आरोप रहेको बताउँदै उहाँले भन्नुभयो, ‘निर्वाचनपछि मत परिणामको आधारमा मात्रै प्रधानमन्त्रीको टुंगो लाग्छ ।’
गठबन्धनभित्र सीट बाँडफाँडमा बाहिर हल्ला गरिए जस्तो ठूलो समस्या नभएको उहाँको दाबी छ । तर, अघिल्लो साता नै उक्त विषय टुंगिने प्रचण्डले सुर्खेत पुगेर बताउनुभएको थियो ।
विभिन्न जिल्लाबाट आफूलाई निर्वाचन लड्न सिफारिस गरिए पनि चितवनबाटै निर्वाचन लड्ने उल्लेख गर्नुभयो । ‘साथीहरुले अन्य जिल्लाबाट अनुरोध गर्नुभएको छ, तर म चितवनबाटै चुनाव उठ्छु,’ उहाँको भनाइ छ ।
टिप्पणीहरू