वैद्य समूहमा फेरी विभाजन

वैद्य समूहमा फेरी विभाजन

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बाट एउटा समूह अलग्गिएको छ । सो पार्टीको नीति र कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै बाहिरिएको उक्त समूहले आज काठमाडौँमा पत्रकार सम्मेलन गरि ‘क्रान्तिकारी मोर्चा नेपाल’ नामक पार्टी घोषणासमेत गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफूहरूले विद्रोह गरेर नयाँ मोर्चा घोषणा गरेको बताए । उनले कान्तिकारी पार्टी जनताको बीचमा जानुपर्छ भन्ने आफ्नो माग नेतृत्वले नसुनेपछि नयाँ बाटो रोज्नु परेको सुनाए । आफूहरूले सो पार्टीमा बसेर नेपाली जनताको हित र विकासको लागि काम गर्न नसक्ने निष्कर्ष निकाल्दै विद्रोह गरेको उनले प्रष्ट पारे ।

पार्टीभित्र स्वार्थ समूहको गुट, नेतृत्वको गुलामी गर्ने प्रवृत्ति, क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरू हाबी भएको कारण नयाँ पार्टी बनाउनु परेको सो समूहको दाबी छ । खड्काले वैद्य नेतृत्वमा रहेको पार्टीमा संकिर्णवाद, जडसुत्रवाद, निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी अवसरवाद हाबी भएको आरोपसमेत लगाए ।

यसअघि पनि त्यस्तै आरोप लगाएर नेत्रविक्रम चन्द विप्लवसहित विभिन्न समूहले बैद्यलाई छोडिसकेका छन् ।

टिप्पणीहरू