हिमानीका आमा,छोरी लमजुङमा : चाइना फाउण्डेसनले दिने, हिमानी ट्रस्टले बाँड्ने

हिमानीका आमा,छोरी लमजुङमा : चाइना फाउण्डेसनले दिने, हिमानी ट्रस्टले बाँड्ने

हिमानी ट्रस्टको सहयोग हस्तान्तरण गर्न पूर्व युवराज्ञी हिमानी शाहका आमा,छोरी लमजुङ पुग्नुभएको छ । शाहले लमजुङका झण्डै तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

हिजो बेंसीशहरमा आयोजित कार्यक्रममा हिमानी ट्रस्टले स्थानीय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो । दोर्दी गाउँपालिका,मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाका प्राथमिक तहमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

शाहले एक हजार चार सय ६९ छात्र र एक हजार चार सय ६३ जना छात्रा गरी दुई हजार नौ सय ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । चाइना फाउन्डेसनको सहयोगमा गोर्खा र लमजुङका छ हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने योजनाअन्तर्गत हिजो शाह लमजुङ पुग्नुभएको हो । बालबालिकालाई विद्यालय झोला,कापी, पुस्तकलगायत शैक्षिक सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै हिमानी शाहले मुलुकमा देखिएको अस्थिर राजनीतिक माहौलले देशप्रतिको कर्तव्य र दायित्वबाट भाग्न नयाँ पुस्तालाई बाध्य बनाएको दाबी गर्नुभएको छ । शाहसहितको टोलीलाई मनाङे चौतारा आमा समूहले भव्य स्वागत गरेको थियो । टोलीमा हिमानी शाहकी कान्छी छाेरी कृतिका पनि थिइन् ।

टिप्पणीहरू