मितज्यू भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

मितज्यू भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना बिरामी मितलाई अस्पतालमा पुगेर भेट्नुभएको छ । आज थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उहाँले त्यहाँ उपचाररत आफ्ना मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

देउवाले मित नरबहादुरसँग माध्यमिक शिक्षा सँगै लिनुभएको थियो भने उहाँहरु उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बस्नुभएको थियो ।

प्रधानमन्त्रीका मित डोटीका नरबहादुर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।

टिप्पणीहरू