रास्ट्रपति भेट्नुअघि भक्तपुर भ्रमण

रास्ट्रपति भेट्नुअघि भक्तपुर भ्रमण

नेपालको चार दिने भ्रमणमा रहनु भएका चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष लि चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपतिलाई भेट्न लि ४ बजे शीतल निवास पुग्ने कार्य तालिका छ।

शीतल निवास जानुअघि लि बिहान ९ बजे भक्तपुर दरबार स्क्वायर अवलोकन भ्रमणमा निस्किनु हुने छ । आजै राष्ट्रपति भण्डारीसँगको भेटवार्तापछि सभामुख अग्नि सापकोटासँग लिको पुनः भेटवार्ता हुने बताइएको छ।

हिजो लिको राजनीतिक भेटवार्ताको निकै बाक्लो तालिका थियो। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे पछि उहाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो ।

चार दिनको औपचारिक भ्रमण सकेर लिको टोली भोलि बिहान ९ बजे दक्षिण कोरिया प्रस्थान गर्ने योजना छ।

टिप्पणीहरू