मध्यरातमा वाइडबडी विमानको आकस्मिक अवतरण

मध्यरातमा वाइडबडी विमानको आकस्मिक अवतरण

गए राति जापानको नारिता विमानस्थलतर्फ उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानलाई आकस्मिक अवतरण गराइएको छ । राति ११ बजे काठमाडौंबाट त्यसतर्फ उडेको विमानको कार्गो राखिने ठाउँमा धुँवा निस्केपछि तत्काल काठमाडौं फर्काइएको हो ।

१८४ जना यात्रु बोकेर जापान उडेको वाइडबडी विमानलाई आकस्मिक अवतरण गराइएको विमानस्थल स्रोतले बताएको छ । उडान नम्बर आरए ४३३ को विमानमा धुवाँ देखिएपछि उडेको केही बेरमा नै काठमाडौँ फर्काइएको हो ।

विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि तत्काल अर्को जहाज नभएकाले यात्रुहरूलाई सिनामंगल र ज्ञानेश्वरस्थित होटलमा राखिएको छ ।

टिप्पणीहरू