सालकको खपटा बोेकेका दुई जना वन कार्यालयको हिरासतमा

सालकको खपटा बोेकेका दुई जना वन कार्यालयको हिरासतमा

सालकको खपटा बोक्दै हिँडेका दुई जना राजधानीमा समातिएका छन् । सिन्धुलीको गालञ्जोर गाउँपालिका–४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका–४ का २८ वर्षीय रत्नबहादुर मगर खपटासहित पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चेकजाँचका क्रममा हिजो दिउँसो उनीहरुको साथबाट साढे दुई किलो सालकको खपटा बरामद गरेको हो । बरामद खपटासहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको निम्ति डिभिजन वन कार्यालय, काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू