न्यूयोर्कमा आपतकाल घोषणा

न्यूयोर्कमा आपतकाल घोषणा

अमेरिकाको व्यापारिक राजधानीको रुपमा प्रख्यात न्यूयोर्कमा आपतकाल घोषणा गरिएको छ । अन्य राज्यबाट आएका धेरै आप्रवासीहरु थुप्रिएपछि उक्त घोषणा गरिएको बताइएको छ ।

पछिल्ला छ महिनामा १७ हजारभन्दा बढी आप्रवासी अन्य राज्य र शहरबाट न्यूयोर्क पुगेपछि उनीहरुको सुरक्षा, शहरको शान्ति र उचित प्रबन्धमा चुनौती थपिएपछि न्युयोर्कमा आपतकालीन अवस्थाको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

न्यूयोर्कका मेयर एरिक एडम्सले आप्रवासीका कारण यो वर्ष थप एक अर्ब डलर बढी खर्च आवश्यक परेको जानकारी गराएका छन् ।

विपक्षी रिपब्लिकन दलले जितेका टेक्सस, फ्लोरिडालगायत राज्यले डेमोक्र्याट पार्टीको नेतृत्व रहेका राज्य र शहरमा आप्रवासीहरुलाई पठाएपछि उक्त अवस्था आइलागेको हो ।

राष्ट्रपति बाइडनको सरकार आप्रवासी आगमन नीतिमा लचिलो हुँदै गएपछि रिपब्लिकनहरु उग्र भएका हुन् ।

टिप्पणीहरू