बाजा बजाउँदै पम्फा भुसाल जाउलाखेलमा
ललितपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी उपमहासचिव तथा उर्जा मन्त्री पम्फा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । जाउलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भर्खरै उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
मनोनयन दर्ताकाे लागि भुसाल नेता,कार्यकर्ता र समर्थक, शुभचिन्तकलाई लिएर बाजागाजासहित डेढ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।
ललितपुर-३ यसअघि पनि भुसालले जितेको क्षेत्र हो । गत निर्वाचनमा वाम गठबन्धनको उम्मेदवार रहनुभएकी उहाँले काँग्रेसका मदन अमात्यलाई पराजित गर्नुभएको थियो ।
यसपटक एमाले-राप्रपा गठबन्धनबाट एमालेका अमृत खड्का भुसालविरुध्द प्रतिष्पर्धामा छन् ।
टिप्पणीहरू