अष्टलक्ष्मीपछि बादलद्वारा अस्वीकार
उपाध्यक्ष रामबहादुर थापा बादलले टिकट नलिने अडान लिएपछि नेकपा एमालेले काठमाडौँ-१० का निम्ति अर्को उम्मेदवार खोज्न थालेको छ । उम्मेदवार बन्न अध्यक्षले गरेको आग्रह थापाले अस्वीकार गरेसङ्गै एमालेले अर्को उम्मेदवार खोज्न लागेको हो ।
यसअघि अध्यक्ष ओलीले थापालाई उम्मेदवार बनाउने निर्णय गर्नुभएको थियो । तर त्यहाँका स्थानीय नेता, कार्यकर्ताले ‘टुरिष्ट उम्मेदवार’ नमान्ने भन्दै विद्रोहको चेतावनी दिएपछि थापा आफैँ पछि हट्न बाध्य भएका हुन् ।
अहिले एमालेले सम्भावित उम्मेदवारबारे छलफल गरिरहेको बताइएको छ । काठमाडौँ-१० बाट एमालेले सुरेन्द्र मानन्धरलाई सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीले उनलाई नरुचाएका कारण अर्को उम्मेदवार खोजी भैरहेको कीर्तिपुरका एक एमाले नेताले जानकारी दिए ।
टिप्पणीहरू