बाबुराम र नाराणकाजीलाई दायाँबायाँ राखेर…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको निम्ति मनोनयन दर्ता गर्नुभएको छ ।
उम्मेदवारी दर्ता क्रममा दायाँबायाँ पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो ।
आज बिहान गोरखा जानुभएका प्रचण्डलाई गोरखाको सीमानादेखि नै सर्वसाधारणले स्वागत गरेको माओवादी केन्द्रले जनाएको छ । उहाँ गृह जिल्ला चितवनको निर्वाचन क्षेत्र नम्बर ३ छाडेर गोरखा जानुभएको हो ।
टिप्पणीहरू