सर्वपक्षीय बैठकमा एमालेको छलाङ,महेश प्रतिनिधि

सर्वपक्षीय बैठकमा एमालेको छलाङ,महेश प्रतिनिधि

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज पनि सर्वपक्षीय बैठक बसेको छ । दिउँसो साढे १ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा एमालेका तर्फबाट सचिव महेश बस्नेत नेतृत्वको टोलीले भाग लिएको छ । महेशले सरकारद्वारा गरिएको जेनजी सम्झौता र चुनावप्रति सहमति जनाउँदै निदाएका छन् ।

हालै सम्पन्न ११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित बस्नेतलाई अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अध्यक्षतामा भएको सर्वपक्षीय भेलामा प्रतिनिधि खटाएका हुन् । विवादास्पद विगत रहेका बस्नेतसँगै एमालेका तर्फबाट विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका महेश बर्तौला पनि छलफलमा सामेल छन् । 

उक्त छलफलमा निर्वाचन आयोग, आयोगमा दर्ता भएका विभिन्न दलका प्रतिनिधि,अधिकांश मन्त्री, ती मन्त्रालयका सचिव,नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरु गरी पाँच दर्जन बढीको सहभागिता छ ।

टिप्पणीहरू