अरू दलका चार दर्जन नेता प्रचण्डतिर
नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न दलका चार दर्जनभन्दा बढी नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आज पेरिसडाँडामा बारा, पर्सा, स्याङ्जा, ओखलढुंगालगायत विभिन्न जिल्लाका नेताहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
नेकपा प्रवेश गर्नेहरुमा पूर्व सांसदहरु प्रल्हाद गिरी, राजकुमार गुप्ता, डा. अन्जु यादव, नेताहरु श्रीलाल साह, ज्योती चौरासिया, हनिफ अन्सारी, सञ्जय चौहान छन् । त्यस्तै राप्रपाका चिन्टु तिवारी, विपिन यादव, रामरेखा सिंह, विरेन्द्र यादव, राधा बैठा, मिनादेवी बैठा, उपेन्द्र ठाकुरसहितका नेताहरू पनि नेकपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई संयोजक प्रचण्डले फिल्डमा फर्किएर उत्कृष्ट परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभएको छ । आगामी निर्वाचनमा नेकपालाई सबैभन्दा ठूलो दल बनाउने उद्धेश्यसहित संगठन विस्तार र जनतासँग सहकार्य गर्न उहाँको निर्देशन छ।
टिप्पणीहरू