ऐन महर एक लाख धरौटीमा रिहा, श्रीमती पक्राउ

ऐन महर एक लाख धरौटीमा रिहा, श्रीमती पक्राउ

 कपा (एमाले) का नेता ऐन महर एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुँदा उनकी श्रीमती सनुजा श्रेष्ठ पक्राउ परेकी छन् । प्रहरी वृत्त,सोह्रखुट्टेबाट खटिएको टोलीले उनलाई भर्खँरै नियन्त्रणमा लिएको हो । 

युवतीको चरित्रहत्या गरेको आरोपमा गत भदौमा समातिएका महर हाजिरी जमानीमा छुटेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत मंसिर २१ गते साइबर ब्यूरोलाई पत्राचार गरेको थियो । 

सोही आदेशबमोजिम पक्राउ परेका उनलाई न्यायाधीश उमानाथ गौतमको एकल इजलासले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अस्कल क्याम्पसको उपप्राध्यापकसमेत रहेकी एमाले नेत्री महरकी श्रीमतीलाई पनि सोही कसुरमा नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू