हरिबोल र घनश्याम खुले,भीम रावल अझै केही दिन नखुल्ने

हरिबोल र घनश्याम खुले,भीम रावल अझै केही दिन नखुल्ने

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले आफूलाई टिकट नदिइएकोमा चर्को असन्तुष्टि पोखेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एकाएक टिकट खोसिएपछि पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका हुन् । गजुरेलले नेतृत्वप्रति कडा प्रतिक्रियासहितको असन्तुष्टि जनाएको बताइएको छ ।

यता एमाले नेता भीम रावल पनि टिकट खोसिएपछि असन्तुष्ट देखिएका छन् । उनले सामाजिक सञ्जालमा विभिन्न विषयमा टिप्पणी गर्दै असन्तुष्टि पोखेका हुन् ।

हिजो एउटा ट्विट गर्दै आफ्नो नाम क्षेत्र,जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत निर्णयबाट एकल रुपमा पठाउँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले हटाएको उल्लेख गरेका छन् । तर आफूलाई टिकट नदिएको विषयमा सामाजिक सञ्जालमा लेखे पनि मुखचाहि उचित समयमा खोल्ने बताएका छन् ।

उम्मेदवारबाट वञ्चित गराइएपछि एमाले नेता घनश्याम भुसालले भने गत शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन् । आइतबार उनले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

टिप्पणीहरू