भर्खरै माओवादी अध्यक्षसङ्ग चिनियाँ राजदूतको विदाइ भेट

भर्खरै माओवादी अध्यक्षसङ्ग चिनियाँ राजदूतको विदाइ भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अघि बिहान पौने ११ बजेदेखि चलेको भेटवार्ता केही बेरअघि सकिएको छ । अध्यक्ष दाहाललाई भेट्न राजदूत यान्छी प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो ।

चार वर्षदेखि नेपालका लागि राजदूतको भूमिका निर्वाह गरिरहनुभएकी होउ यान्छीको कार्यकाल समाप्त भएर इन्डोनेशियास्थित आसियान हेडक्वार्टरमा सरुवा भएको छ ।

उहाँ सन् २०१८ को डिसेम्बरमा काठमाडौं आउनुभएको थियो । चीन फर्किनुअघि उहाँको शीर्ष नेताहरुहरुसंग भेट जारी छ ।

टिप्पणीहरू