भनेको मान्ने बागीलाई काँग्रेसले कारवाही नगर्ने
नेपाली काँग्रेसले आगामी निर्वाचनमा बागी उम्मेदवार उठेका, पार्टीको निर्देशनपछि हिजोसम्म पनि नाम फिर्ता नलिएकालाई थप मौका दिएको छ । पार्टीले उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम पार्टी सदस्यता समेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको थियो ।
तर आज जारी प्रेस विज्ञप्तिमा विद्रोही उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय पारेमा यसअघिको कारवाहीको निर्देशन लागु नहुने बताएको छ ।
तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता जनाएमा कारवाही नगर्ने भनिएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा आगामी सोमबारभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याएर फुकुवा गर्ने जानकारी गराइएको छ ।
टिप्पणीहरू