जसपाका चारै जना मन्त्री बर्खास्त, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

जसपाका चारै जना मन्त्री बर्खास्त, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चारै जना मन्त्रीलाई हटाउनुभएको छ । ती मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार प्रधानमत्री स्वयम्ले लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक योजनामन्त्री मोहम्मद इस्तियाक राई र वनमन्त्री प्रदीप यादवलाई हटाइएको छ ।

उता संविधानबमोजिम मन्त्रीको जिम्मेवारीबाट बाहिरिनुभएका कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दीले सम्हाल्दै आउनुभएको कार्यभार सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको जनाइएको छ ।

टिप्पणीहरू