बालुवाटारमा राजनीतिक, सिंहदरबारमा कूटनीतिक

बालुवाटारमा राजनीतिक, सिंहदरबारमा कूटनीतिक

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ उच्चस्तरीय भेटघाट हुँदै आएको छ ।

सोही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच हिजो बिहान बालुवाटारमा एक घण्टा कुराकानी भयो । उहाँहरुबीच बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म भेटवार्ता भएको थियो ।

हिजै परराष्ट्र मन्त्रालयमा मन्त्री डा. नारायण खड्का,श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँग नेपालका लागि इजरायलका राजदूत हनान गोडरको टोलीले दिउँसो ३ बजेको समयमा भेट गरेको हो ।

आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग स्वीट्जरल्याण्डका राजदूत प्याट्रिसिया दान्जी र स्वीस विकास नियोगका महानिर्देशकको नेतृत्वमा रहेको आठ सदस्यीय टोलीले भेटघाट गरेको छ ।

आजै परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले पनि भेटवार्ता गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू