ललितपुरबाट चुनाव लड्ने बैठकमा गुप्तचरलाई समेत सामेल गराइयो
निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने विषयमा छलफल गर्न आज ललितपुर क्षेत्र नम्बर ३ को सर्वदलीय बैठक बसेको छ ।
ललितपुर महानगरपालिका–५ जावलाखेलस्थित दामोदरमार्गमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बैठक बसेको हो ।
क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरे र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको उपस्थिति थियो ।
त्यस्तै,ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेल,सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली नम्बर २१ गणका एसपी विकास घिमिरे,राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमुख सहअनुसन्धान निर्देशक ईन्द्रसिंह लामालगायत आगामी निर्वाचनका उम्मेदवार गरी चार दर्जनको सहभागिता थियो ।
बैठकमा निर्वाचन तथा प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने र नगर्न नहुने विषयमा छलफल भएको बताइएको छ ।
टिप्पणीहरू