साँझको समयमा भन्सार छल्ने प्रयास

साँझको समयमा भन्सार छल्ने प्रयास

सप्तरीमा भन्सार छलेर ल्याइएका सामान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याइएका किराना सामान र बालबालिकाले लगाउने लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, सखडाबाट खटिएको टोलीले हिजो बेलुकी छिन्नमस्ता गाउँपालिका ७ बाट विभिन्न किसिमका किराना सामान र लत्ताकपडा बरामद गरेको हो ।

ती सामानको मूल्य ५८ हजार २३६ रहेको बताइएको छ । यता, भन्सार छलेर सामान ल्याउने समूह प्रहरी टोलीलाई देखेपछि भागेका थिए । बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय, तिलाठी पठाइएको छ ।

टिप्पणीहरू