पूर्वमन्त्रीसहित चार केन्द्रीय नेता जसपाबाट निकालिए

पूर्वमन्त्रीसहित चार केन्द्रीय नेता जसपाबाट निकालिए

जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने चार जनालाई निष्कासन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै चारै जनालाई जसपाले पार्टीको साधारण सभासमेत नरहने गरि कारवाही गरेको हो ।

पार्टीबाट निकालिनेमा केन्द्रीय कार्यकारिणी सदस्य रामनरेश राय, केन्द्रीय सदस्य गायत्रीदेवी साह, केन्द्रीय सदस्य राजेशकुमार यादव र मधेश प्रदेश समिति सदस्य गंगा लामा छन् । पार्टीको निर्णय, निर्देशन तथा हितविपरीत उनीहरुले सर्लाहीमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकालाई कारबाही गरेको जिल्ला अध्यक्ष वीरेन्द्रकुमार रायले बताए ।

मधेश प्रदेश सरकारको पूर्व पर्यटनमन्त्रीसमेत रहेका रामनरेशले सर्लाही क्षेत्र नम्बर २ (क), राजेशकुमार यादवले क्षेत्र नम्बर २ (ख), गायत्रीदेवी साहले क्षेत्र नम्बर ३ (ख) र गंगा लामाले क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरुको समर्थक, प्रस्तावकहरुलाई पनि जसपाले कारवाहीको चेतावनी दिएको छ ।

टिप्पणीहरू