उत्तरपुस्तिका बोकेर शाखा अधिकृत घरतिर कुलेलम

उत्तरपुस्तिका बोकेर शाखा अधिकृत घरतिर कुलेलम

लोकसेवा आयोगले गत असोज ३० गते शाखा अधिकृतको पदका लागि सञ्चालन गरेको लिखित परीक्षामा सहभागी एक जना परीक्षार्थीले उत्तरपुस्तिका नै पोको पारेर घर लागेको पाइएको छ । आयोगले परीक्षार्थी सीता खरेलले आफ्नो उत्तरपुस्तिका झोलामा राखेर घर लगेको बताउँदै उनको परीक्षा रद्द गरिदिएको छ ।

कुलेश्वर परीक्षा केन्द्रमा सञ्चालित उक्त परीक्षामा सहभागी मास्टर आई.डि ४००५५ र ८७९०४५ रोल नम्बर भएकी सीताले निर्धारित समयमा बुझाउनुपर्ने उत्तरपुस्तिका नबुझाई आफ्नै झोलामा राखेर घर लगेपछि परीक्षा रद्ध भएको हो । उनले अब दुई वर्षसम्म लोकसेवाको कुनैपनि परीक्षा दिन नपाउने गरी आयोगले कारवाहीसमेत गरेको छ ।

‘सीता खरेलले तेस्रो पत्रको उत्तरपुस्तिका निर्धारित समयमा बुझाउनु पर्नेमा आफ्नै झोलामा राखेर लगेकाले आयोगको निर्णयाअनुसार निजको उक्त परीक्षा रद्ध गरी आगामी दुई वर्षको लागि आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी कारबाही गरिएको छ,’ आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू