यसकारण भारतमा खर्गेलाई रोजियो
नरेन्द्र मोदीको उदयपछि नाजुक अवस्थामा पुगेको भारतीय कंग्रेस पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । दुई दशक बढी अविछिन्न पार्टीको नेतृत्व गरिरहेको गान्धी परिवार बाहिरएपछि मल्लिकार्जुन खर्गे कंग्रेस (आई) को अध्यक्ष चुनिएका हुन् ।
उनले शशि थरुरलाई पराजित गरेका हुन् । थरुरले भन्दो खर्गेले आठ गुणा बढी मत पाएको बताइएको छ । पछिल्लो समय आमनिर्वाचनमा कमजोर प्रदर्शन गर्दै गएको कंग्रेसभित्र नयाँ नेतृत्वको माग भइरहेको थियो । सोहीमबोजिम दुई दशकभन्दा लामो समयपछि पार्टीको नेतृत्व गैरगान्धी परिवारका नेताको जिम्मेवारीमा पुगेको छ ।
तर, ८० वर्षीय वयोवृद्ध नेता खर्गेसामु पार्टीलाई पुरानै अवस्थामा फर्काउने ठूलो चुनौती छ । दक्षिण भारतीय राज्य कर्नाटकाको दलित समुदायका उनी पाका र अनुभवी राजनीतिज्ञका रुपमा भारतमा परिचित छन् ।
सन् २०१७ मा निर्विरोध निर्वाचित भएका राहुल गान्धीले सन् २०१९ को आमचुनावमा पार्टी पराजित भएपछि पद त्यागेका थिए । त्यसयता उनकी आमा सोनिया गान्धी पुनः पार्टीको नेतृत्वमा फर्किएकी हुन् । कंग्रेस इतिहासमा सबैभन्दा लामो समय पार्टी अध्यक्ष रहने कीर्तिमान उनैले बनाएकी छन् ।
फाेटाे स्राेत : द हिन्दु
टिप्पणीहरू