लजको कोठाभित्र पाहुनाहरूको अश्लिल भिडियो खिच्नेको हातमा हत्कडी
काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजमा पाहुनाहरूको गोप्यरूपमा अश्लील भिडियो रेकर्ड गरेको आरोपमा चन्द्रागिरीका मुकेश माली पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले लजमा पुगी उनको मोबाइल नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त तथ्य फेला परेको हो । मालीले गेष्ट हाउसमा बस्न आउने पाहुनाहरुको भिडियो खिचेर राखेको पाइएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मालीउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू