अमेरिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै थम्पसनले नेपालको राजदूत हुन पाइएकोमा आफूलाई भाग्यशाली ठान्नुभएको बताइन्छ । उहाँले भन्नुभयो, ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो ।
अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु ।’
आजै शीतल निवासमा फिनल्याण्डका आवासीय राजदूत र आइसल्याण्डका गैरआवासीय राजदूतले पनि राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
टिप्पणीहरू