काँग्रेस उपसभापति चढेको गाडी नालीमा खस्यो
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ । चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ पुगेका गुरुङसहितको टोली चढेको जीप नालीमा खसेको हो ।
उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिएका छन् । उनले यसलाई सामान्य दुर्घटना भनेका छन् ।
‘सामान्य दुर्घटनाः कालीगण्डकी–६, इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भनेका छन् ।
एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।
टिप्पणीहरू