मंसिरभित्रै नयाँ सरकार गठन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

मंसिरभित्रै नयाँ सरकार गठन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिरभित्र नयाँ सरकार गठन हुने बताउनुभएको छ । उहाँले ढिलोमा मंसिर तेस्रो साताभित्र निर्वाचन परिणाम सार्वजनिक हुने उल्लेख गर्दै त्यसपछि सरकार गठन हुने धारणा राख्नुभएको छ ।

आज इटहरीमा आयोजित निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशसम्बन्धी अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त तालिका उल्लेख गर्नुभएको हो । प्रमुख आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नहुने बताउनुभयो ।

उम्मेदवारहरु आफैंमा ठूलो र सानो नहुने भएकाले सञ्चारमाध्यमले ‘हेभिवेट’ र ‘लाइटवेट’ को संज्ञा दिन नहुने उहाँको भनाइ छ । एक अर्को सन्दर्भमा उहाँले आगामी निर्वाचन पद, पैसा र शक्तिले जित्न नसकिने उहाँले ठोकुवा गर्नुभयो ।

मतगणनास्थलमा बार्ने गरिएको तारजालीको बारेमा ठटट गर्दै प्रमुख थपलियाले भन्नुभयो, ‘जाली मानिस बस्छन् भने मतगणनास्थलमा तारजाली राख्नोस्, इमान्दारहरु छन् भने केहीले पनि घेर्न पर्दैन ।’

टिप्पणीहरू