रसुवामा राति ८ बजेपछि द्यौसी भैलोमा रोक

रसुवामा राति ८ बजेपछि द्यौसी भैलोमा रोक

रसुवामा राति ८ बजेपछि द्यौसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै ८ बजेपछि द्यौसी भैलो खेल्न रोक लगाइएको बताएको हो ।

सहायक सिडिओ दयाराम पौडेलले पटाका जस्ता विष्फोटक वस्तुहरुले आगलागी हुने भएकाले त्यसको प्रयोग र ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिए ।

‘चाडपर्वमा सामाजिक मर्यादा कायम राख्दै मनाउनुपर्ने चाडपर्वमा भूईंचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक र ज्वलनशील मालवस्तु÷पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना हुने भएकोले त्यस्ता विष्फोटक पदार्थको ओसारपसार र खरिद बिक्री गर्ने कार्य पूर्णतः रोक लगाइएको छ,’ सूचनामा उल्लेख छ । उनले जिल्लामा कसैले गैरकानुनी क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी समेत दिए ।

टिप्पणीहरू