सत्ता गठबन्धन रहरले गठन गरिएको होइन : प्रधानमन्त्री देउवा

सत्ता गठबन्धन रहरले गठन गरिएको होइन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको बताउनुभएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले गठबन्धन राजनीतिक आवश्यकताको कारण बनेको वास्तविकता उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन अपरिहार्य रहेको र रहनेछ ।’ सबै मिलेर गठबन्धनलाई जिताउनुको विकल्प नभएको पनि उहाँको भनाइ छ ।

संविधानको रक्षा गर्नु आफूहरुको पहिलो दायित्व भएको प्रधानमन्त्रीले बताउनुभयो । अगाडि भन्नुभयो, ‘संविधानले मुलुकको भूगोल, वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । आगामी दिनमा अझ समृद्ध र परिष्कृत रुपमा यसलाई अघि बढाउन सकिएमा संविधान कार्यान्वयन हुनेछ ।’

टिप्पणीहरू