काँग्रेस नेताको निधनले एमाले अध्यक्ष मर्माहत

काँग्रेस नेताको निधनले एमाले अध्यक्ष मर्माहत

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसांसद तथा नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधनबाट आफू दुःखी भएको बताउनुभएको छ । दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले दुःख व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजसेवाको क्षेत्रमा श्रेष्ठले पुर्याएको योगदानलाई इतिहासले सदा सम्झिरहने उहाँको भनाइ छ ।

चितवन घर भएकी श्रेष्ठको ९५ वर्षको उमेरमा हिजो निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिइन् । आफ्नो जीवनकालमा झण्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति दान गरिसकेको कांग्रेस चितवनका नेता–कार्यकर्ता बताउँछन् ।

टिप्पणीहरू