चिनियाँ राजदूतको बिदाई संस्मरण : नेपालका याद संगालेर बिदा हुँदैछु

चिनियाँ राजदूतको बिदाई संस्मरण : नेपालका याद संगालेर बिदा हुँदैछु

नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेको बताउनुभएको छ । उहाँले आज ट्विटरमा ट्वीट गर्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पनि पूरा गरेको र छिमेकी मुलुकबाट बिदा हुन लागेको उल्लेख गर्नुभएको हो ।

नेपालमा रहँदा आफूप्रति देखाइएको माया र सद्भावका लागि उहाँले सबै नेपालीलाई धन्यवादसमेत दिनुभएको छ । सुन्दर नेपालमा रहँदा आफूले निकै आनन्द महशुस गरेको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, ‘त्यो अनुभव र माया बोकेर जान लागेको छु ।’

चार वर्षे कार्यकाल पूरा गरेर राजदूत हौ बेइजिङ फर्कने तयारीमा हुनुहुन्छ । उहाँ दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियानको मुख्यालयमा चीनको राजदूत नियुक्त हुनुभएको छ ।

टिप्पणीहरू