भरतपुरको मुख्य सडकमा शंकास्पद वस्तु, सेनाको डिस्पोल टोली पुग्दै

भरतपुरको मुख्य सडकमा शंकास्पद वस्तु, सेनाको डिस्पोल टोली पुग्दै

चितवनको भरतपुरस्थित मुख्य राजमार्गको बीच भागमा शंकास्पद बस्तु राखेपछि उक्त स्थान वरिपरिका सर्वसाधारण त्रसित भएका छन् । आज दिउँसो साढे २ बजेको समयमा शंकास्पद वस्तु देखिएको प्रहरीले बताएको छ ।

भरतपुर महानगरपालिका १० स्थित चितवन मेडिकल कलेजको गेट अगाडि तार जोडिएको शंकास्पद वस्तु राखिएको छ । शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उक्त स्थानमा पुगेको छ ।

लगत्तै भरतपुरस्थित सेनाको कालीबहादुर गणबाट सेनानी सुमन न्यौपानेको कमाण्डमा बम डिस्पोजल टोली उक्त स्थानमा पुगेको छ । टोली शंकास्पद वस्तुलाई निस्क्रिय पार्ने कार्यमा जुटेको बताइन्छ ।

टिप्पणीहरू