आज पनि कोरोना संक्रमितभन्दा निको हुने धेरै
पछिल्लो २४ घण्टामा मुलुकभर कोरोनाका १६ जना नयाँ संक्रमित थपिएका छन् । ११ सय १७ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।
५५४ जनामा गरिएको पीसीआर परीक्षणमा १४ जना र पाँच सय ६३ जनामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ३५ जना कोरोनामुक्त भएका छन् ।
आज थपिएका संक्रमितसँगै मुलुकभर कोरोना सक्रिय संक्रमितको संख्या ६४१ पुगेको छ ।
टिप्पणीहरू