प्रहरी हिरासतमा युवतीको मृत्युले जन्माएको हिँसा,२ सय ३४ को ज्यान गयो
इरानमा २२ वर्षीया युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि विगत ४० दिनदेखि प्रदर्शन जारी छ ।
माहसा अमिनीलाई महिलाले कपाल छोप्ने पोशाक हिजाब राम्रोसँग नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । उनको हिरासतमै मृत्यु भएपछि इरानका ठूला शहरमा दिनहुँ प्रदर्शन भइरहेको छ ।
प्रहरीको गोली प्रहारबाट हालसम्म दुई सय ३४ जनाको ज्यान गएको छ । तीमध्ये २९ बालबालिका रहेको बिबिसीले जनाएको छ ।
अमिनीको मृत्युको चालिसौं दिन हिजो उनको गृहनगर सक्केजमा हालसम्मकै ठूलो प्रदर्शन भएको थियो ।
पछिल्ला दिनमा प्रदर्शनकारीहरुले इरानको इस्लामिक व्यवस्थाको समेत विरोध गर्न थालेकाले राजनीतिक संकट गहिरिने सम्भावना बढेको छ ।
टिप्पणीहरू