डाक्टर कुट्नेलाई समातेर कारवाही गर्नुपर्ने अर्का डाक्टरको माग
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्नुभएको छ ।
गत आइतबार दिउँसो जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा.अविनाश पराजुलीमाथि भएको कुटपिटको घटनामा संलग्नलाई समातेर कारवाही गर्न उहाँले स्थानीय प्रशासनसँग माग गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।
‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यसको घोर भत्र्सना गर्दछु’, उहाँले आज ट्वीटरमा लेख्नुभएको छ, ‘जसले जुनसुकै कारणले गरेको भए पनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन सक्दैन । यसलाई गम्भीरतापूर्वक लिएर तुरून्त दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गर्दछु ।’
टिप्पणीहरू