सत्ता गठबन्धन तीन क्षेत्रमा आफू आफै भिड्ने

सत्ता गठबन्धन तीन क्षेत्रमा आफू आफै भिड्ने

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचननिम्ति आधिकारिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । केही क्षेत्रमा मैत्रीपूर्ण प्रतिष्पर्धासहित गठबन्धनले साझा उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभातर्फ धनुषा-२ मा दुई जनाको उम्मेदवारी परेपछि त्यहाँ मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भनिएको छ । सो क्षेत्रमा कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार छन् । त्यस्तै, सर्लाही-२ मा माओवादीको चिन्ह लिएर प्रतिष्पर्धामा उत्रिएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् । गठबन्धनकै अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो पनि त्यहाँ उम्मेदवार छन् । त्यहाँ पनि मित्रवत प्रतिष्पर्धा हुने गठबन्धन दलहरुले बताएका छन् ।

त्यसैगरी,काठमाडौँ-१० मा पनि गठबन्धनका दुई प्रमुख दल नेपाली काँग्रेस र माओवादी केन्द्रको आ-आफ्नै उम्मेदवारी परेको छ । काँग्रेसका राजन केसी र माओवादी केन्द्रका अञ्जना बिशंखेबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने गठबन्धनको निर्णय छ ।

यता, रौतहट-३ मा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहलाई गठबन्धनले आधिकारिक समर्थन गरेको छ । सो क्षेत्रमा माओवादीका धिरज पटेल उम्मेदवार छन् । उनले केन्द्रको हस्तक्षेप स्वीकार नगर्ने यसअघि नै चेतावनी दिएका थिए ।

यी हुन् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फका गठबन्धनका उम्मेदवारहरुः

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/10/FINAL-Candate-for-5-Partys-final_11_Kartik-14-no-page-editing.pdf”]

टिप्पणीहरू