स्वर्गीय जोशीको आँगनमा अर्धकदको शालिक

स्वर्गीय जोशीको आँगनमा अर्धकदको शालिक

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको घर आँगनमा अर्धकदको शालिक अनावरण गरिएको छ । उहाँको ललितपुर महानगरपालिका १२, बखुम्बाहलस्थित निवास बाहिर राखिएको शालिकको अनावरण प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ । जोशीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा शालिक अनावरण गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले जोशीको निवासमा रहेको शोक पुस्तिकामा समवेदना तथा श्रध्दाञ्जली अर्पण गर्नुभएको बताइन्छ । आजै दिउँसो मंगलबजारस्थित कृष्णमन्दिर प्राङ्गणमा पनि स्वर्गीय जोशीको स्मृतिमा श्रद्धाञ्जली तथा शोक सभाको आयोजना गरिएको थियो ।नेपाल भाषा मंकाः खलः यल को आयोजनामा भएको कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ,ललितपुर महानगरका मेयर चिरीबाबू महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत निकै ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।

टिप्पणीहरू