काँग्रेसले जिते सबै सुत्केरीलाई ५ हजार

काँग्रेसले जिते सबै सुत्केरीलाई ५ हजार

नेपाली काँग्रेसले आगामी निर्वाचनमा आफूले जिते सुत्केरी महिलाको भत्ता रकम पाँच हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएको छ । आज सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा सुत्केरी भत्ता पाँच हजार रुपैयाँ पुर्याउने उल्लेख छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणा पत्रमा काँग्रेसले सुत्केरी भत्ता पाँच हजार रुपैयाँ पुर्याउने लिखित प्रतिबद्धता जनाएको हो ।

तर सरकारले चालु आर्थिक वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिन थालेको छ ।

टिप्पणीहरू